Sagun Khabar
खोलाले बगाउँदा महिलाको मृत्यु

बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिकाको  वडा नम्बर ३ र ४ मा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ ग्वानीकी संगिता बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

उनका अनुसार बोगटी मार्तडीबाट घर फर्किने बेला खोला तर्ने क्रममा बगाएर २० मिटर तल मृत अवस्थामा फेला परेकी हुन्।

स्थानीयले महिलालाई खोलाले बगाएको खबर गरेपछि प्रहरीको टोली गएर खोजी गर्दा मृत अवस्थामा फेला पारेको प्रहरी नायब उपरिक्षक बोहराले बताए।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update