Sagun Khabar
वडा अध्यक्षले दिए हाकिमलाई गोलि हान्ने धम्की

बैतडी- एक वडा अध्यक्षले हाकिमलाई गोलि हान्ने धम्की दिएका छन् । बाजुरा जिल्लाको  बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले ज्यानमार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन्।

 उनले बुधवार बडीमालिका नगरपालिका वडा नं ६ का वडा अध्यक्ष किष्ण खड्काले गोली हानेर मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रमुख प्रशासकिय अधिकृत विकलाई ज्यान मार्ने धम्की आएपछि उनले जिल्ला प्रशासन कार्यालय बाजुरामा बुधवार नै ज्यानको सुरक्षा र कारबाहीका लागि निवेदन दिएका छन्।  वडा अध्यक्ष खड्काले नगर प्रमुख अमर खड्काको कार्यकक्षमा गोली हान्ने धम्की दिएका विकले बताए।

उनले प्रत्रmियामा नभएका योजनाको भुक्तानीका लागि कर्मचारीहरु र जनप्रतिनिधीसँग छलफल गर्ने बताएपनि वडा अध्यक्ष किष्ण खड्काले यसको २० गते भित्र रकम भुक्तानी नगरे गोली हान्ने धम्की दिएका हुन्। आफुलाई नगरपालिकामा पटक पटक धम्काउने गरेको प्रमुख विकले गुनासो गरेका छन्। 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update