Sagun Khabar
बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–३ भुलेनमा छानो पछाडिको रुख ढलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

बर्षाका कारण गएराति १ बजे रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिए ।

भुलेना गाउँबाट ३ घण्टाको पैदल यात्रामा पर्ने विर्मा लेखको छानोमा सुती रहेको अवस्थामा छानो पछाडिको रुख ढलेर ल्वार, उनले पालेको एक भैसी र पाडोसमेत मरेको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update