Sagun Khabar
कृषि शाखा प्रमुख कुर्चीमा बसेको अवस्थामा मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

नगरपालिकाका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । बाजुराको  बुढीनन्दा  नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा  मृत फेला परेको नगरपालिकाले जनाएको छ ।

उनी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएका इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ । बुढिनन्दा नगरपालिका वडा नम्बर ७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फ स्थायी कर्मचारी हुन् ।

नगरपालिकाका एक कर्मचारीका अनुसार हिजो अफिसमा आफूलाई बिसन्चो भएको दानिले बताउनु भएको थियो । लामो समय देखी रक्तचापको बिरामीबाट ग्रसित दानी बेला बेला अस्वस्थ भइराख्ने गरेका आफन्तले जनाएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update