Sagun Khabar
बाजुरामा ३ जनामा डेंगु सङ्क्रमण पुष्टि
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा- बाजुरामा ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराका अनुसार वैशाखयता ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि भएका दुई जना खप्तड छेडेदह गाउँपालिका र एक जना सदरमुकाम मार्तडीका रहेका जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले बताए ।

सदरमुकाम मार्तडी र कोल्टी डेंगुको उच्च जोखिममा रहेकोले विशेष सर्तकता अपनाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update