Sagun Khabar
बाजुराको बडीमालिकाबाट उद्धार गरिएका एक पुरुषको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराको बडीमालिकाबाट उद्धार गरिएका पुरुषको मृत्यु भएको छ । बाजुराको  धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्न गएका कालिकोटको पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार मृत्यु भएको अस्पतालले जनाएको छ । 

न्यौपाने सोमवार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए । 

बझाङको जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी भने जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किएकी छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update