Sagun Khabar
लेक लागेर बाजुरमा एक तीर्थयात्रीको मृत्यु 

बाजुरा –बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । बाजुराको त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको हो । 

बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए । अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ ।

यसअघि अक्सिजन अभावका कारण बिरामी भएका कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको उद्धारपछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भइसकेको छ । सेनाको हेलिकोप्टरमा उद्धार गरिएका बझाङको जयपृथ्वी नगरपालिका–९ की झुपु धामीलाई उपचारपछि घर फर्काइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update