Sagun Khabar
जनैपूर्णिमाको अवसरमा बडिमालिकामा मेला 

बाजुरा –बाजुरा जिल्लामा रहेको बडिमालिकामा जनैपूर्णिमाको अवसरमा यस वर्ष पनि मेला लागेको छ । भाद्र ११ गते देखि आजसम्म जनैपूर्णिमाको मेला लागेको हो । 

बडिमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए । सरकारी टोलीको पुजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका जान बाजुरा सदरमुकाम मार्तडीबाट तीन दिन पैदलयात्रा गर्नुपर्छ । यात्रा सुरु हुँदादेखि नै गाउँलेले बाटोमा पुजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामना गर्छन् । 

बडिमालिकाको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update