Sagun Khabar
बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका–६ कोर्दमा चट्याङ लागेर शनिवार राति एक बालिकाको मृत्यु भएको हो । 

स्थानीय माझथला लेकको खर्कमा राति परेको चट्याङ लागेर कोर्द गाउँका तुले रावलकी ११ वर्षीया छोरी परु रावलको मृत्यु भएको हो । 

चट्याङबाट रावलका दुई भैंसी र एक गोरुसमेत मरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update