Sagun Khabar
बाजुराको एक   गाउँमा खानेपानीको चरम अभाव

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा रहेको दडीपाट गाउँमा खानेपानीको चरम अभावभएको छ। हिउँदे मौसम सुरु हुनै लाग्दा गाउँमा खानेपानीको चरम अभाव सुरु भएको हो।

बर्खे सिजनमा समेत खानेपानीको अभाव हुने गरको स्थानीय विष्णु रोकायाले बताए। दडीपाटा गाउँ गौमुल गाउँपालिकाको केन्द्र घट्मना नजिकको बस्ती हो। प्रायःजसो बार्है महिना गाउँमा खानेपानीको अभावहुने गरेको भएपनि अहिलेसम्म कसैले चासो नदिँदा समस्या समाधान नभएको स्थानीय औला रोकायाले बताइन्।

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँपालिकानजिककै गाउँमालामो समयदेखि त्यहाँका स्थानीयखानेपानीको समस्याझेल्दै आएका छन्। दडीपाट गाउँलाई तरकारीको पकेट क्षेत्रका रूपमा पनि मानिन्छ। तरकारी उत्पादन गर्न प्रशस्त मात्रामा पानीको आवश्यकता हुन्छ। तर, तरकारी फलाउनलाई त परै जावस खानलाई पनि पानी नपुग्ने गरेको औलाले बताएकी छन्।  १८ घरपरिवार रहेको उक्तगाउँमा धेरै वर्ष अगाडी केयर नेपाल नामक संस्थाले बनार्इ दिएका २ वटा धारा छन्।

उक्त संस्थाले मुहानमा ट्याङ्कीसहित धारा निर्माण गरी खानेपानीको समस्या समाधान गरिदिएपछि केही मात्रामा सहज त भयो पुरै गाउँको समस्या हल भने हुन सकेन्। ती धारामा समेत पनि पानीन आउँदा खाने पानीको चरम अभाव हुने गरेको स्थानीय विष्णु रोकायाले बताए।
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update