Sagun Khabar
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारी समातिए
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डाै - बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन् ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख रुपैयाँसहित बिहान पौने ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 प्रहरीका अनुसार विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा यो रकम भेटिएको हो  । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update