Sagun Khabar
सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय
स्वास्थ्य सन्देश
Atrya hospital

 काठमाडौं - संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो । 

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update