Sagun Khabar
चोरी गरिएको एक करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

चोरी गरिएको एक करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पैसासहित पक्राउ परेका हुन् ।

3प्रहरीका अनुसार सोमबार राति दिल्लीबाट उनीहरु पैसा चोरेर ल्याउँदै थिए । नेपाल छिर्ने क्रममा मंगलबार राति पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको परिचय अझै गोप्य राखिएको छ ।

यसबारे भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्रलाई विस्तृत विवरण दिएको छैन ।सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update