Sagun Khabar
बैतडीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको तिज कार्यक्रम सम्पन्न 

बैतडी –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले बैतडी सदरमुकाममा तिज बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बैतडी निर्माण व्यवसायी संघको हलमा कार्यक्रम सम्पन्न गरिएको हो । 

हिन्दू महिलाहरुको महान पर्व तिजको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष नवीना शाही चन्दको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राप्रपाका प्रदेश समिति सदस्य दुर्गादत्त पन्त प्रमुख अतिथी रहेका थिए । यस्तै राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्ट र उपाध्यक्ष अम्बिका भण्डारी बिशिष्ट अतिथी रहेका थिए । 

तिज बिशेष कार्यक्रममा राप्रपा आवद्ध नेता कार्यकर्ताका साथै अन्य नागरिकको समेत सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update