Sagun Khabar
निङ्गलाशैनी भगवती मन्दिरमा बलिसहित जात्रा सम्पन्न (फोटो फिचर)

बैतडी – चैतेदशैंको अवसरमा बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा बलिसहित जात्रा सम्पन्न भएको छ । हरेक बर्ष असोजको महाष्टमी र चैत्राष्टमीमा सो मन्दिरमा बलि सहित जात्रा हुने गरेको मन्दिरका मुखिया मानबहादुर बोहराले बताए  । 

स्वास्थ्य सन्देश
Atrya hospital

मन्दिरमा हरेक बर्ष रांगा तथा बोकाको बलि हुने गरेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा बलिसहित पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । पछिल्लो समयमा बलिको विरोध भएपनि रोकिएको छैन् । 

आज भएको जात्रामा ३ सय बढी रांगा बोकाको बलि गरिएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ । जात्रालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

 निङ्गलाशैनी भगवती मन्दिरको चैत्राष्टमीको जात्रा शान्तपूर्ण रुपमा सम्पन्न भएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।

 सो मन्दिरमा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् । 
तस्बिर :दीपक महरा 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update