Sagun Khabar
वडा अध्यक्ष दयालद्वारा जातीय विभेद मुद्दा दर्ता

 बैतडी –बैतडीको मेलौली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलभद्र दयालले पञ्चेश्वरका एकजना विरुद्ध जातीय विभेदको मुद्दा दर्ता गरेका छन् । 

पञ्चेश्वर गाउँपालिका ४ का प्रकाश चन्दले सामाजिक सञ्जाल मार्फत गालीगलौज गर्दै जातीय विभेद गरेकाले चन्द विरुद्ध जातीय विभेदको मुद्दा दायर गरिएको वडा अध्यक्ष दयालले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

चन्दले केही दिन अघिदेखि सामाजिक सञ्जालमा जातीय विभेद सहित गालीगलौज गर्दै आएपछि मुद्दा दर्ता गरिएको दयालले बताए । 

नेपाल छुवाछुतमुक्त राष्ट्र भईसकेको अवस्थामा समेत जातीय विभेद गर्दै गालीगलौज गरेकाले दोषीलाई कानुन अनुसार कारवाही गर्नका लागि मुद्दा दायर गरिएको वडा अध्यक्ष दयालले जानकारी दिए । 

वडा अध्यक्ष दयालले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको र यो बिषयमा अध्ययन शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

जातीय विभेद गरेको आरोप लागेका व्यक्ति अहिले भारतमा रहेका बुझिएको समेत उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update