Sagun Khabar
बैतडीका थप तीनजनामा कोरोना पुष्टि 

बैतडी–बैतडीका थप तीनजनामा कोरोना पुष्टि भएको छ । भारतबाट फर्केका नागरिकको झुलाघाट नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप तीनजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

दशरथचन्द नगरपालिका ८ का ३३ बर्षीय पुरुष, दशरथचन्द नगरपालिका ९ का ४४ बर्षीय पुरुष र दोगडाकेदार गाउँपालिका ५ का २३ बर्षीय पुरुषमा मंगलबार कोरोना पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २७ पुगेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २० जना रहेका छन् । यस्तै दोगडाकेदार गाउँपालिकामा ४, पञ्चेश्वर गाउँपालिकामा २ र मेलौली नगरपालिकामा १ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

संस्थागत क्वारेन्टाइन र आइसोलेसन नहुँदा संक्रमितहरु होम आइसोलेसनमै बसीरहेका छन् । यसले गर्दा कोरोना संक्रमणको जोखिम पनि बढ्दै गएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update