Sagun Khabar
विपिन जोशीको रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री साउद मङ्सिर २३ गते कतार जाँदै

बैतडी –परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहलका लागि उनी यही मङ्सिर २३ गते कतार जान लागेका उनको सचिवालयले जनाएको छ ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । 

Atrya hospital

त्यसअघि मङ्सिर ७ गते मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । 

परराष्ट्रमन्त्री साउदले आज बुधवार गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेटघाट गरेका छन् । कतार बसाइँका क्रममा मन्त्री साउद दोहा २१ औँ फोरममा पनि सहभागी हसने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । डिसेम्बर १० देखि शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update