Sagun Khabar
मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु 

मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी–२ का ३५ वर्षीय भीमबहादुर स्याङतान, मोटरसाइकलको पछाडि बसेकी उनकी श्रीमती ३४ वर्षीया रुपा स्याङतान र पाँच महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा परेर आमा र छोरीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका भीमबहादुरलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी भण्डारीले बताए ।

सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आज बिहीवार दिउँसो अनियन्त्रित भएर धवाडी पुल छेउमा दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट तल खसेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update