Sagun Khabar
बैतडी : सुर्नया गाउँपालिका वडा नं ३ को कार्यालयमा गरिएको तालाबन्दी खुल्यो 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा गरिएको तालाबन्दी खुलेको छ । वडा नं ३ को बाँस टोलमा रहेको मदिरा पसललाई अन्यत्र सार्ने सहमति भएपछि महिलाहरुले लगाएको तालाबन्दी खोलेका हुन् । 

मंगलबार (आज) वडा कार्यालयमा भएको छलफलले बाँस टोलमा गाउँको बीचमा रहेको मदिरा पसललाई अन्यत्र सार्ने सहमति भएको वडा अध्यक्ष दिलाराम भट्टले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यो निर्णय तत्काल कार्यान्वयन गर्ने सहमति भएपछि आफूहरुले ताला खोलेको स्थानीय झीमा बिष्टले जानकारी दिइन् ।  मदिराका कारण आफूहरुमाथि हिंसा भएकाले मदिरा पसल अन्यत्र सार्नुपर्ने आफूहरुको माग पूरा भएपछि ताला खोलिएको उनले बताइन् । 

वडा कार्यालयमा लगाएको ताला खुलेसंगै सेवा पनि सुुचारु भएका छन् । मदिराका कारण महिला र बालबालिकामाथि हिंसा भएको भन्दै बाँसका टोलका महिलाहरुले सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका थिए । 

गाउँको बीचमा रहेका मदिरा पसलका कारण धेरै समस्या भएपछि आफूहरुले सो पसल सार्न माग गरेको र सो माग पूरा भएपछि ताला खोलेको स्थानीय पशुपति बिष्टले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update