Sagun Khabar
बैतडीमा कोरोना विरुद्धको खोपको दोश्रो मात्रा लगाउने कार्य शुरु 

बैतडी–बैतडीमा पनि कोरोना विरुद्धको खोप अभियान अन्तर्गत खोपको दोश्रो मात्रा लगाउने कार्य मंगलबारदेखि शुरु भएको छ । 
पहिलो चरणमा खोप लगाएका व्यक्तिहरुका लागि खोपको दोश्रो मात्रामा लगाउने कार्य शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा मंगलबारदेखि खोपको दोश्रो मात्रा लगाउने कार्य शुरु भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

बाँकी रहेका पालिकाहरुमा वैशाख ९ गतेदेखि खोपको दोश्रो मात्रा लगाउने कार्य शुरु हुने जनाइएको छ । कोरोना विरुद्धको खोप अभियान अन्तर्गत पहिलो दिन ३२० जनाले खोपको दोश्रो मात्रा लगाएका छन् ।

जिल्ला अस्पताल बैतडीको खोपकेन्द्रबाट ९०, केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीको खोपकेन्द्रबाट ४०, पाटन प्राथमिक स्वास्थ्य केन्द्रको खोप केन्द्रबाट १२०, शिवनाथ गाउँपालिकामा ५० र पञ्चेश्वर गाउँपालिकामा २० जनाले खोप लगाएका छन् ।

कोरोना विरुद्धको खोप अभियान अन्तर्गत खोपको दोश्रो मात्रा लगाउने कार्य वैशाख ११ गते सम्म जारी रहने स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update