Sagun Khabar
दयालको ‘धोका पाया’देउडा गीत सार्वजनिक 

बैतडी –चर्चित लोक तथा देउडा गायक गोपाल दयालको नयाँ देउडा गीत ‘धोका पाया’ सार्वजनिक भएको छ । गोपाल दयाल र कपुर पन्तको आवाजमा रहेको उक्त गीतलाई दयालले आफ्नै युट्युब च्यानल मार्फत भिडियोसहित सार्वजनिक गरेका हुन् । 

शेरी औजीको लय रहेको गीतमा दयालले शब्द सिर्जना गरेका हुन् । म्युजिक प्लस रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको गीतको एरेन्ज नारायण दंगालले गरेका हुन् । मनोज परियार मिक्स गरेको गीतमा माया÷पीरतीका शब्दहरु राखिएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

गीतको भिडियोमा प्रकाश नायकसँगै आरती बुढा र कञ्चन कार्कीले सुन्दर अभिनय गरेका छन् । मिलन श्रेष्ठले नर्देशन गरेको भिडियोलाई रोशन धितालले एडिट गरेका हुन् । 

माया÷प्रेममा आधारित गीत बजारमा ल्याएका दयालका यसअघि पनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् । देउडाको क्षेत्रमा निकै रुचाइएका गायक मध्येका दयालले मानिसको जीवनसँग सम्बन्धित शब्दहरु सिर्जना गरेर गीतमा उतार्ने गरेका छन् । 

बैतडी घर भएका देउडा गायक गोपाल दयालले स्थानीय कला र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएका छन् । लोप हुन लागेका देउडा भाकाहरुलाई संरक्षण गर्न उनले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । 

https://www.youtube.com/watch?v=bqgCGUybPdc
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update