राष्ट्रिपति रनिङ सिल्डः छात्र भलिबल प्रतियोगितामा दनपालाई हराउँदै  सिगास गाउँपालिका विजयी 
                        
                        
                                                
                                             
                                                                    बैतडी- छात्रतर्फ भलिबल प्रतियोगिताको फाइनलमा सिगास गाउँपालिका विजयी भएको छ । बैतडीको मेलौलीमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ भलिबल प्रतियोगिताको फाइनलमा सिगास विजयी भएको हो ।
आज भएको फाइनल खेलमा सिगास गाउँपालिकाले दशरथचन्द नगरपालिकालाई २ -१ को सेटमा हराउँदै विजयी भएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १०:४३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    