Sagun Khabar
बालिकालाई करणी गरेको आरोपमा  युवक पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापा  १२ वर्षीया  बालिकालाई करणी गरेको आरोपमा  पक्राउ परेका हुन्।

घटना माघ ६ गतेको भएपनि बाहिरिएको थिएन । तर, बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले आइतवार उनलाई परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याएका थिए । उपचारमा संलग्न चिकित्सकले बालिकामाथि करणी भएको आशंका मानेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरि घटनावारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update