Sagun Khabar
पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आलिताल १ डडेलधुरामा पहिरो जादा राजमार्ग अवरुद्ध भएको हो ।

सडकमा खसेको पहिरो पन्छ्याउन डोजरको प्रयोग गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ । बर्षातको समयमा बेलाबेलामा भीमदत्त राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुलाई समस्या भएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update