Sagun Khabar
पूर्व वडाध्यक्षले निकाले शिक्षक सेवा आयोगमा नाम
स्वास्थ्य सन्देश
Atrya hospital

पूर्व वडाअध्यक्षले शिक्षक सेवा आयोगमा नाम निकालेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १० का पूर्व वडाअध्यक्ष विष्णुराज भट्टले दार्चुलाबाट आयोगमा नाम निकालेका हुन्।

लिखित परिक्षामा प्रावि तहमा नाम निकालेका भट्ट २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए।

भट्टलाई शुभकामना दिंदै अमरगढीका पूर्व मेयर विशेश्वर प्रसाद ओझा ‘विपिन’ले योग्य र सक्षम व्यक्तित्व जुनसुकै ठाँउमा पनि अब्बल रुपमा उभिन सक्छ भन्ने उदाहरण उनले दिएको बताएका छन्। उनले भट्टले वडा अध्यक्ष हुँदा   पनि कार्यकालमा शुसासन, जनसेवा, नागरिक विश्वास तथा भौतिक विकासका दृष्टिकोणले ११ वटै वडामध्ये अब्बल रुपमा रहेको  बताए ।  

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update