Sagun Khabar
महिला हिंसा विरुद्ध ‘देउडा’कार्यक्रम 

बैतडी—बैतडीमा महिला हिंसा विरुद्ध देउडा कार्यक्रम सञ्चालन गरिएको छ ।जिल्लाको दशरथचन्द नगरपालिकाको आयोजनामा देउडा कार्यक्रमको आयोजना गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले जानकारी दिइन् । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नगरपालिकाले देउडा कार्यक्रमको आयोजना गरेको हो । महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि महिलाहरुकै सहभागितामा देउडा कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

दशरथचन्द नगरपालिकाको सुन्दरखाली र देहीमाण्डौंमा देउडा कार्यक्रमको आयोजना गरिएको हो । देउडा कार्यक्रममा उपप्रमुख चन्द आँफै सहभागी भएर देउडा भट्याएकी थिइन् । महिलाहरुलाई देउडामार्फत जागरुक गराउन यो कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । 

देउडामार्फत समाजमा रहेका विकृति विसंगती हटाउनका लागि आफूहरु देउडा कार्यक्रममा सहभागी भएको महिला अधिकारकर्मी पार्वती भट्टले बताइन् । गाउँ समाजमा हुने गरेका हिंसाका घटनाहरु न्यूनीकरणका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताइन् । 

देउडा कार्यक्रममा सहभागी महिलाहरुसंग सहभागिता जनाउँदै उपप्रमुख चन्दले नगरपालिकालाई हिंसामुक्त बनाउने अभियानमा आफू लागि परेको बताइन् । देउडा गीतमार्फत उनले महिलाका अधिकार सुनिश्चित गर्न स्थानीय सरकार लागि परेको बताइन् । 

बुधबार सुन्दरखाली र बिहीबार देहीमाण्डौंमा आयोजना भएको देउडा कार्यक्रममा विभिन्न वडामा रहेका महिला समूहका सदस्यहरुको सहभागिता रहेको थियो । देउडा कार्यक्रममा जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update