Sagun Khabar
वनारसी विश्वनाथ धाममा महाशिवरात्रि मेला 

बैतडी–बैतडीको पाटन नगरपालिका–३ स्थित वनारसी विश्वनाथ धाममा शिवरात्रिको अवसरमा भव्य मेला लागेको छ । 

वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना भएपछि मेलामा दर्शन गर्नेहरुको संख्या बढ्दै गएको ज्योतिष पण्डित गणेशप्रसाद पन्तले बताए । वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताउँदै आएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

भगवान शिवका १२ ओटा ज्योतिर्लिङ्ग मध्ये विश्वनाथ ज्योतिर्लिङ्ग वनारसी धाम भएकाले उक्त ठाउँमा ज्योतिर्लिङ्ग स्थापना गरिएको पन्तले बताए । वनारसी धाम नजिकै मन्दिर निर्माण गरेर ज्योतिर्लिङ्ग स्थापना गरिएको हो । 
यो विश्वनाथ ज्योतिर्लिङ्गको दर्शन गर्ने दर्शनार्थीहरुको संख्या बढेको स्थानीय समेत रहेका जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए । 

वनारसी विश्वनाथ धामलाई यो क्षेत्रको शक्तिशाली देवताको रुपमा पूजाआजा गरिँदै आएको छ । परापूर्वकालमा खोपरे नामक दैत्य वनारसी देवताले मारेको किम्वदन्ती रही आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update