Sagun Khabar
डडेल्धुराबाट सुन चोरेर फरार : रौतहटमा पक्राउ 

डडेल्धुरा –डडेल्धुराबाट सुन चोरेर फरार रहेका दुई जना पक्राउ परेका छन् । 

रौतहट चन्द्रपुर–९ का ४० वर्षीय सुरेन्द्र विश्वकर्मा र सप्तरी दुहबी नगरपालिका–४ का ४४ वर्षीय शंकर विश्वकर्मा विहीबार साँझ रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरबाट पक्राउ परेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम नायकको जिम्मा लगाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित विजय साह सोनारको सुनचाँदी पसलमा गत १४ गते २० ग्राम सुन चोरी भएको थियो । उनीहरु सुन चोरीको आरोप पछि फरार रहेका थिए । उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक नायकले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update