Sagun Khabar
बाजुराका  युवक धनगढीमा मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा- बाजुराका एक युवक कैलालीको धनगढीमा मृत फेला परेका छन्। बुढी गङ्गा नगरपालिका-७ का युवक हाल धनगढी क्याम्पस रोड बस्ने १९ वर्षीय सुवाश केसी धनगढी-७ को मनेहरा गाउँमा मृत अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत भेटिएका युवकको शव प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएको छ। उनको परिवार सम्पर्कमा आइसकेको र मृतकको आज पोस्टमाटम हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update