Sagun Khabar
अझै खुलेन भीमदत्त राजमार्ग 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –शनिबार बिहानबाटै अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै सुचारु भएको छैन् । पहिरोका कारण अवरुद्ध भएको राजमार्ग नखुल्दा सुदूरपश्चिमका पहाडी जिल्ला आउने र पहाडी जिल्लाबाट जाने यात्रुहरु अलपत्र परेका छन् ।

राजमार्ग अन्तर्गत डडेल्धुराको गैरामा पहिरो गएको हो । जिल्लाको आलिताल गाउँपालिका १ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको डडेल्धुरा प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छ्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update