Sagun Khabar
दार्चुलामा यार्सा संकलनका लागि इजाजत खुला 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला– दार्चुलामा यार्सागुम्बा संकलन इजाजत खुला गरिएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यो वर्षको यार्सागुम्बा संकलन इजाजत खुला गरेको हो। यार्सागुम्बा संकलन आगामी जेठ दोस्रो सातादेखि सुरु हुने बताइएको छ ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार यस जिल्लाबाट हरेक वर्ष ४ देखि ६ क्विन्टलसम्म यार्सागुम्बा ढुवानी हुने गरेको छ ।

संरक्षण क्षेत्र कार्यालयले संकलन इजाजत पत्र सदरमुकाम खलंगामा रहेको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालय, राप्ला सेक्टर कार्यालय सुनसेरा, खण्डेश्वरी सेक्टर कार्यालय लटिनाथ, खण्डेश्वरी रेन्जपोष्ट, विटुले रेन्जपोष्ट, खार रेन्जपोष्ट, व्यास रेन्जपोष्ट, सिप्टी, पारिबगर र श्रीवगड पोष्टबाट लिन सकिने बताएको छ ।  
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update