Sagun Khabar
तराईमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदै

बैतडी – तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदैछ । तराईका बासिन्दाको बसोबास रहेका ठाउँमा आज होलीको रौनक छ । होलीमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ । प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हिजोदेखि भोलिसम्मका लागि देशभर झण्डै ३० हजार प्रहरी जनशक्ति होलीकै सुरक्षाको लागि परिचालन गरिएको जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर प्रहरी परिचालन भएका छन्, । विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ । होली पर्व सौहाद्र्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ ।

पहाडी र हिमाली क्षेत्रमा भने हिजो होली पर्व मनाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update