Sagun Khabar
बाजुराको छेडेदहमा डुंगा पल्टिँदा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराको खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेदहतालमा डुंगा पल्टिँदा एकजनाको मृत्यु भएको छ । 

डुंगा पल्टिँदा बेपत्ता भएका खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत मृत फेला परेका हुन् । 

तालमा अचानक डुंगा पल्टिँदा रावत बेपत्ता भएका थिए । डुंगामा सवार अन्य ६ जनाले भने पौडी खेलेर ज्यान जोगाएका प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update