Sagun Khabar
डडेल्धुरामा चरेशसहित एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा एक जना चरेशसहित पक्राउ परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका –२ चालिसे मोड नजिकबाट चरेशसहित अमरगढी नगरपालिका–४ का ४३ बर्षीय कमल गुरुङ शुक्रबार दिउँसो पक्राउ परेका हुन् । उनको साथबाट ०.४९५ किलोग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ । 

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनले प्रयोग गरेको से.७ प. ३६१५ नम्बरको मोटरसाईकलको दाहिने लेकगार्डमा झुण्डाई लुकाई छिपाई राखेको चरेस फेला पारी उक्त पदार्थ र मोटरसाईकल सहित गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update