Sagun Khabar
होलीबाट संकलित रकम सामाजिक कार्यमा खर्च गरिने 

बैतडी –बैतडीमा सत्यम् शिवम् सुन्दरम् समाजले होली खेलेर संकलन भएको रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलास्थित समाजले होली खेलेर यो बर्ष १ लाख ३५ हजार रुपैयाँ संकलन गरेको छ । 

विगत तीन बर्षदेखि होली खेल्दै आएको समाजले हरेक बर्ष संकलित रकम सामाजिक कार्यमा खर्च गर्दै आएको होली कमिटिका संयोजक महेशराज भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यो बर्ष संकलन भएको रकमले टेन्ट किन्ने निर्णय भएको उनले बताए । गाउँमा विवाह, ब्रतबन्ध र अन्य सामाजिक कार्य गर्दा टेन्टको आवश्यकता पर्ने भएकाले टेन्ट किन्ने निर्णय भएको उनले बताए । 

गत बर्ष समाजले होलीबाट संकलित रकमले भाँडाकुडा खरीद गरेको थियो । यसअघि किर्तन भजनका लागि वाद्यवाधनका सामग्री समेत खरीद गरिएको समाजका अध्यक्ष भुवनराज भट्टले बताए । 

समाजले गाउँमा नशामुक्त अभियान समेत सञ्चालन गरेको जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update