Sagun Khabar
डडेल्धुराको रंगुन खोलामा पुल नहुँदा स्थानीयहरुलाई सास्ती 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको आलितालमा रहेको रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । परशुराम भएर बग्ने उक्त खोला तर्न स्थानीयले वर्षेनी बर्षातको समयमा सास्ती भोग्नुपरीरहेको छ ।

जिल्लाको भित्रिमधेश क्षेत्रमामा पर्ने आलिताल गाउँपालिका वडा नंं ३, ५ र ८ का स्थानीय बाढी पहिरोको उच्च जोखिमकाबीच रंगुन खोला तर्ने गरेका छन् ।

खोलामा पानीको सतह बढेपछि दुई घण्टा हिँडेर आलितालको कालाकोटमा रहेको झोलुङ्गे पुल पुग्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update