बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

बाजुरा- बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। हिमाली गाउँपालिका–५ रिठ्ठाकी ३६ वर्षीया अप्सरा बुढथापाको बुधवार बिहान भिरबाट लडेर मृत्यु भएको हो। घाँस खाट्न गएकी अप्सरा बालभिटा भिरमा मृत अवस्थामा फेला पारेको उनका आफन्त लंक कार्कीले बताए।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० १६:५४
प्रतिक्रिया दिनुहोस्