Sagun Khabar
बैतडीका सुर्दशनको मौरी पालन व्यवसाय पहाड तराई, वार्षिक ६ लाख कमाई 

बैतडी- बैतडीका लेखक मौरी पालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ५ पल्लाचौडालीका सुर्दशन लेखक २०५७ साल देखि मौरी पालन व्यवसायमा छन् ।
सेरेना जातका मौरी पालन गरेका उनले  मौरीपालनबाट आफु सन्तुष्ट रहेको बताए । बैतडी देखि धनगढी सम्म मौरी पालन व्यवसाय गरिरहेका लेखकले वार्षिक ६ लाख जति आम्दानी हुने गरेको बताए ।

सबै खर्च कटाएर वार्षिक ६ लाख बचाउने गरेको उनको भनाई छ । मौरीका  घार र उत्पादीत मह विक्री गरेर ६ लाख आम्दानी हुने गरेको उनले बताए । लेखक संग १६० मौरीका घार छन् । 
उनले बैतडीमा मात्र होइन धनगढी उपमहानगरपालिका १४ फूलबारीमा  समेत मौरि पालन व्यवसाय गरेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

मौरीको हेरचाहका लागि तराइ र पहाड गरि दुई जनाले रोजगारी पाएका उनको भनाई छ । उनले ८ हजारमा मौरीका घार र  प्रतिकिलो  १ हजार  देखि १२ सयमा   मह विक्री हुने गरेको  बताए । मौरी पालन संगै उनले बाख्रा पालन र किवी खेति समेत गरेका छन् ।

कोरोना कहरका बेला १५ लाख सम्मको  घाटा लागेर समेत मौरीपालन व्यवसाय नछाडेका लेखकले सरकारी तवरबाट भने  सहयोग प्राप्त नभएको गुनासो गरेका छन्।  लामो समय देखि मौरी पालनमा भएपनि व्यवसया अगाडी बढाउन कुनै निकायकाट अनुदान नमिलेको उनको दुखेसो छ   ।

नौकरी गर्न  सहर  र विदेश जाने युवालाई आफ्नो जन्मभूमिमा बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका लेखक गाउँमै मौरी पालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update