Sagun Khabar
डडेल्धुरामा वनबाट सल्किएको आगोले गोठमा क्षति 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा वनबाट सल्किएको आगोले गोठमा क्षति भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ सल्लेरी सामुदायिक वनमा लागेको आगो स्थानीय ललित देवकोटाको गोठमा सल्किएको हो । 

आगलागीका कारण गोठमा जलेर एक गाईको बाच्छो मरेको छ भने तीनओटा गाई जलेर घाइते भएका छन् । 

आगलागीका कारण देवकोटाको घरमा रहेको लत्ता–कपठा, खाद्यान्न लगायतका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update