Sagun Khabar
बैतडीको सुर्नया -४ सनसेरीमाण्डौँमा भोलि  बिसु मेला लाग्दै  

बैतडी- बिसु पर्वको अवसरमा बैतडीको सनसेरीमाण्डौँमा भव्य मेला लाग्ने भएको  छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ स्थित सनसेरीमाण्डौँमा शुक्रबार बिसु पर्वका दिन भव्य मेला  लाग्ने  भएको  हो  ।

यो  ठाउँमा प्रत्येक वर्ष  बिसु पर्वमा मेला लाग्ने  गरेको  छ ।  । परापूर्व काल देखि नै सुर्नयाको सनसेरीमाण्डौँमा नयाँ वर्ष  अर्थात  बिसु पर्वका दिन  मेला लाग्दै  आएको  छ ।  सनसेरीमाण्डौँमा लागेको मेलामा दर्शनार्थीहरुको घुइचो लाग्ने गरेको स्थानीय युवा जयन्त प्रशाद भट्टले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यो मेलामा सुर्नया गाउँपालिकाका साथै छिमेकी स्थानीयतहहरु दोगडाकेदार,सिगास गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाबाट समेत  दर्शनार्थी आउने गरेका उनले  बताए । सनसेरीमाण्डौँ बजारसम्म अहिले यातायातको सुविधा भएकाले पनि  टाढाटाढाबाट समेत  दर्शनार्थीहरु आउने गरेका स्थानीयहरुको  भनाई  छ ।

यो मेलामा सरिक भएर सनसेरीमाण्डौँमा रहेको सनसेर देवताको मन्दिरमा पूजा पाठ गरेमा मनोकामना पुर्ण हुने जनविश्वास समेत रहिआएको छ । सनसेरीमाण्डौँमा लाग्ने मेलालाई स्थानीयमा बिसु मेला भनिन्छ । सनसेरीमाण्डौँको मेला भर्न आउनेहरु  सिस्नो खेलेर रमाइलो गर्ने गर्दछन् ।

तर पछिल्लो  समय   सिस्नो खेलेर रमाइलो  गर्ने  चलन हराउदै  गएको स्थानीयहरुको भनाई  छ ।  भेटघाटका साथै व्यापार प्रवद्र्धनका दृष्टिले पनि  मेला प्रभावकारी बन्दै गएको बताइएको  छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update