Sagun Khabar
विद्युतको तार सर्ट हुँदा बैतडीको  एक होटलमा आगलागी
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी - बैतडीमा एक होटलमा  आगलागी भएको छ। सुर्नया गाउँपालिका–२ सतबाँज स्थित करन पाण्डेले सञ्चालन गरेको आमाको खाजा घर होटलमा आगलागी भएको  हो ।

 भुई तलामा रहेको कोठामा बिजुलीको तार सर्ट भएर शुक्रवार राति १० बजेको समयमा होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता खेमविक्रम केसीले जानकारी दिए  ।

आगलागीबाट  कोठा भित्र रहेका फर्निचर, लत्ताकपडा लगायतका सामान गरि अन्दाजी ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update