Sagun Khabar
बैतडीको झुलाघाट नाका खुल्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी - भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ । भारतमा भैरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार साँझबाट बन्द नाका शुक्रबार  साँझबाट  खुलेको हो ।

भारतमा भैरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द भएको नाका सञ्चानमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी  भीमकान्त शर्माले  जानकारी दिए । अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन भएको थियो । उक्त निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म ७२ घण्टाका लागि  झुलाघाट नाका बन्द गरिएको  थियो । निर्वाचन सम्पन्न भए पछि नाका खोलिएको प्रमुख जिल्ला अधिकारी   शर्माले बताए ।

निर्वाचनका बेला सुरक्षा संवेदनशीलताको कारण दुवै देशको सहमतीमा नाका बन्द गर्ने  गरिएको  छ ।   

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update