Sagun Khabar
बैतडीमा स्थानियले थापेको पासोमा चितुवा पर्यो

बैतडी-बैतडीमा स्थानियले थापेको पासोमा चितुवा परेको छ । जिल्लाको सिगास गाउँपालिका–९ च्वाँ भेरीखोलामा पासोमा परेको हो । सोमवार (आज) स्थानीयले थापेको पासोमा  चितुवा परेको डिभिजन बन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले जानकारी दिए । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली आएपछि मात्रै पासोमा परेको चितुवाको उद्धार गरिने डिभिजन बन कार्यालय बैतडीले जनाएको छ डिभिजन बन कार्यालयको टोली र प्रहरीको टोटी उक्त क्षेत्रमा खटाइसकेको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

सोमबार बिहान अन्दाजी ९ बजेको समयमा चितुवा पासोमा परेपछि स्थानियले प्रहरि तथा वन कार्यालयमा खबर गरेको उदयदेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिनेश चन्दले बताए । 

पासो किन र केका लागि थापेको हो भन्ने विवरण भने आउन बाँकी रहेको यादवले जानकारी दिए

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update