Sagun Khabar
डडेल्धुरामा अल्टो दुर्घटना हुँदा एक जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा- डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो ।

दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का केशव भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।

 डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update