डडेल्धुराका प्रहरी जवान भण्डारीको नयाँ मोटरसाइकल चढ्ने सपना अधुरै
डडेल्धुरा –डडेल्धुराको अजयमेरु गाउँपालिका–१ घर भएका प्रहरी जवान लोकेश भण्डारीको नयाँ मोटरसाइकल चलाउने सपना अधुरो बनेको छ ।
भण्डारीले नयाँ मोटरसाइकल खरीद गरेको भोलिपल्ट दुर्घटनामा ज्यान गुमाएपछि उनको धोको अधुरै रहेको हो ।
पूर्वी नवलपरासीको देवचुलीमा नारायणगढबाट कावासोतीतर्फ जाँदै गर्दा बाप्र ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार भण्डारी गम्भीर घाइते भएका र उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई अस्पताल पुर्याउँदा मृत घोषणा गरे ।
भण्डारीको घरमा श्रीमती र नाबालिका छोरी रहेका छन् । तिहारको समयमा भण्डारीको निधनले पुरै गाउँ शोकमा डुबेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३ ०८:३५
प्रतिक्रिया दिनुहोस्




