Sagun Khabar
बैतडीको डिलासैनीका एक युवकको भारतमा मृत्यु

बैतडी – रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीको डिलासैनी गाउँपालिका घर भएका एक युवकको मृत्यु भएको छ ।

डिलासैनी गाउँपालिका ३ घर भई हाल भारतको बेङ्लोरमा काम गर्दै आएका २६ बर्षीय दिपक बोहराको सोमबार मृत्यु भएको डिलासैनी गाउँपालिका वडा न.३का वडा अध्यक्ष रघुबिर बोहराले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

लामो समय देखि उपचार गराउदै आएका बोहराको हिजो अस्पतालबाट फर्कि कोठामा पुगेपछि मृत्यु भएको जनाइएको छ । करिब ५ बर्ष अगाडि घरबाट रोजगारीका लागि बेङ्लोर गएका बोहरा उतै अस्ताएपछि घरपरिवारको विचल्ली भएको छ । 

मृतक बोहराकी श्रीमती पनि रोजगारिकै सिलसिलामा भारतमा रहेको आफन्तहरुले बताए  ।  

रोजगारीका लागि भारत गएका छोराको मृत्यु भएपछि अहिले घर परिवार शोकमा डुबेको छ । कलिलो उमेरमै बोहराको मृत्यु भएपछि घर परिवार शोकमा डुबेको हो ।     
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update