Sagun Khabar
महोत्तरीको मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगोठ जले

काठमाण्डौ – महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन् ।

आज दिउँसो १२ बजेदेखि शुरु भएको आगलागीमा फुस, खर, पराल र केही पक्की गरी एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका मटिहानीका सहायक कम्प्युटर अपरेटर मोहम्मद इरसाफिल राईनले जानकारी दिनुभयो । आगलागीमा अहिलेसम्म मानवीय क्षति भएको छैन तर पशुचौपाया, अन्नपात जलेर नष्ट भएका उहाँले बताउनुभयो ।

स्वास्थ्य सन्देश
Atrya hospital

अहिले नगरपालिकासहित छिमेकी पालिकाका दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन् ।  दिउँसो खाना बनाउने समयमा जरलहवा गाछीमा आगलागी भएको थियो ।

अहिले कार्यपालिकाको आकस्मिक बैठक बसिरहेको र राहतबारे आजै निर्णय हुनसक्ने मटिहानीका सहायक कम्प्युटर अपरेटर राईनले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update