Sagun Khabar
डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु

डडेल्धुराः डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु भएको छ। जिल्लाको नबदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा परेर मृत्यु भएको हो। 

आफ्नै खेतबारीको घेरबार हाल्नको लागी झिग्रा काट्ने क्रममा शुक्रवार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडी चुनाराको मृत्यु भएको हो । चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update