Sagun Khabar
खानेपानी वितरण गर्दै पाटन नगरपालिका 
फोटो :खानेपानी वितरण गर्दै नगरपालिका 

बैतडी–बैतडीको पाटनमा पनि खानेपानीको हाहाकार भएको छ । पानीका मूहानमा पानी कम भएपछि उपभोक्ताहरुलाई नगरपालिकाले खानेपानी वितरण गर्न थालेको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए । पाटन बजारमा आउने खानेपानीको पाइप बीचबीचमा टुटेको र मूहानमै पानीको समस्या भएकाले पानीको हाहाकार भएको उनले बताए । उनले भने ‘सडक निर्माणका क्रममा केही ठाउँमा पाइप टुटफुट भएको छ । यसले गर्दा बजार क्षेत्रमा आउने पानी रोकिएको छ । मूहानहरुमा पनि पानी सुकेपछि समस्या भएको हो ।’

बजार क्षेत्रमा खानेपानीको अभाव भएपछि प्रति परिवार ५० लिटरका दरले नगरपालिकाले दैनिक खानेपानी वितरण गरिरहेको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सडक निर्माणका कामले खानेपानीको पाइप टुटेपछि पाटन बजार क्षेत्रमा खानेपानीको अभाव भएको हो । नागरिकका समस्यालाई ध्यानमा राखेर दमकलमा पानी भरेर वितरण गर्ने कार्य गरिएको नगरप्रमुख चन्दले बताए । उनले भने ‘हामीले तत्कालको समस्या समाधानका लागि यो प्रयास गरेका हौं । केही महिनाभित्रै बृहत खानेपानी योजना निर्माण हुन्छ । यो योजना सम्पन्न भएपछि पाटनमा खानेपानीको समस्या हट्दै जानेछ ।’

जानकारी दिनुभयो । पाटन बजार क्षेत्रमा खानेपानीको अभाव भएपछि स्थानीय नागरिकहरुले आक्रोश समेत व्यक्त गरेका छन् । लामो समयदेखि पानीको समस्या भएको ठाउँमा पानीको व्यवस्थापन गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् । खानेपानीका लागि नगरपालिकाले दिगो व्यवस्थापनको योजना ल्याउनुपर्ने स्थानीय चमनकुमार भण्डारीले सुझाए । उनले भने ‘दमकलमा पानी ल्याएर वितरण गरेर मात्रै हुँदैन् । दीर्घकालिन योजना निर्माणमा नगरपालिकाको ध्यान जानुपर्दछ ।’

पाटनमा बृहत खानेपानी योजना निर्माणको काम अन्तिम चरणमा रहेकाले असार पछि खानेपानीको समस्या हट्ने नगरप्रवक्ता भण्डारीले दाबी गरे  । सुर्नया नदीबाट लिफ्टिङ गरेर खानेपानी ल्याइन लागेको र यसले पाटनको खानेपानी समस्या समाधान हुने उनले बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update